लेकसाइडको सेभेन स्टार डान्सबारको कालोधन्दा: महिला स्टाफलाई रक्सी खुवाउने, ग्राहकसँग बढी बिल असुल्ने

ठगी आरोपमा २ जना युवक प्रकाउ

पाेखरा | मंसिर २५, २०८०

लेकसाइडको सेभेन स्टार डान्सबारको कालोधन्दा: महिला स्टाफलाई रक्सी खुवाउने, ग्राहकसँग बढी बिल असुल्ने

पोखरा:   लेकसाइडस्थित डान्सबारमा महिला स्टाफलाई ग्राहकसँग मादक पदार्थ सेवन गर्न लगाएर बढी विल उठाउने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


पोखरा महानगरपालिका–६ लेकसाइडस्थित ड्रागन डान्स बारका म्यानेजर र सेभेन डान्स बारका कर्मचारीलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।


उनका अनुसार प्रकाउ पर्नेमा ड्रागन बारका म्यानेजर पोखरा-१७ बिरौटा घर भएका सागर गुरुङ र पोखरा –६ लेकसाइड बस्ने सेभेन स्टार डान्स बारका कर्मचारी प्रविण खड्का रहेका छन् । उनीहरुलाई प्रहरीले आज बिहान करिव १ बजेको समयमा नियन्त्रणमा लिएको हो । 


उनीहरुले बढी उठाउने मनसायले मापदण्ड विपरीत महिला स्टाफलाई ग्राहकसँग राखेर मादक पदार्थ सेवन गराएर बढी बिल उठाउने गरेको पाइएपछि नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । 


प्रकाउ परेका दुवै जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट अभद्र मुद्धामा ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

थप पढ्नुहोस्

पोखरा ।    ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ ।   पातिखोला गुफा संरक्षण समितिको...

थप पढ्नुहोस्

पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

थप पढ्नुहोस्